ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

थारु युवाको पत्रकार बन्ने रहर

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

दाङ, २५ पुस ।

घोराही –१० उत्तर अम्रैका सबिता चौधरी स्नातक पहिलो वर्षमा अध्ययन गर्दै छिन् । पत्रकारितामा रुची भएको तर तालिमको अबसर नपाएकी सविता पत्रकारितामा धेरै रुचि भएको बताइन् । थारुहरु पछाडि परेको कुरा थाहा पाउने र कसरी अगाडि बढाउने भन्ने कुरामा आवाज उठाउने बिचार भएको उनको भनाई छ । “रेडियो, टेलीभिजनमा देखिने महिलाहरु देख्दा कसरी यस्तै बन्ने भन्ने चासो लाग्छ ”त्यसैले तालिम लिन आएको, उनले भनिन् ।

तुलसीपुर उपमहानगरपालिका १५ कन्जवारीका निसा चौधरी अहिले कक्षा ८ मा अध्ययन गर्दैछिन् । उनलाई अरुले लेखेको समाचार पढ्न धेरै मन पर्छ । रेडियोमा समाचार पढेको सुन्दा आनन्द लाग्छ । तर आफूलाई त्यसको बारेमा केही पनि जानकारी थिएन । पत्रकारिता पेसामा आउनका लागि सामान्य जानकारी पनि नभएका कारण उनलाई आधारभूत तालिम लिन मन लागेको थियो । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा थारु पत्रकार संघ दाङ शाखाको आयोजनामा दाङको घोराहीमा संचालन भैरहेको चार दिने आधारभूत तालिममा उनी सहभागी भएकी छन् ।

घोराही –१७ गुलरियाका समीर चौधरी कक्षा ११ मा अध्ययन गरिरहेका छन् । रडियोमा अरुले समाचार पढेको सुन्दा त्यस्तै बोल्न पाए हुन्थ्यो भन्ने रहर लागेको उनले बताए । तालिमपछि पत्रकारिता पेसा अपनाउने विचार गरेको उनले बताए ।
मिडियामा थारु समुदायका पत्रकारको पहुँच बढाउन तथा पूर्ण समावेशी सञ्चारको लक्ष्यलाई सार्थक बनाउन दाङको घोराहीमा थारु समुदायका युवाहरुका लागि ४ दिने आधारभूत पत्रकारिता तालिम सोमवारबाट सुरु भएको छ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले थारु समुदायका युवाहरु पढेलेखेका भए पनि पढाई पश्चात कुन क्षेत्र रोज्ने भन्नेमा अन्यौलता रहेको हुँदा समुदायको उत्थानका लागि पत्रकारिताको आधारभूत ज्ञान हासिल गर्न सकेमा यसले धेरै फाईदा पुग्ने बताए । सकारात्मक सोँचका साथ जिम्मेवार नागरिकका रुपमा काम गर्ने वातावरण बनाउन पत्रकारिताको माध्यमबाट गर्न थालिएको प्रयासले सार्थकता पाउने उनको विश्वास छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले पत्रकार भनेको समाजको ऐना भएको बताए । समाज जस्तो हुन्छ त्यस्तै समाचार बन्छ । त्यसैले पत्रकारको कलमले समाजको प्रतिनिधित्व गर्नेभएका कारण केही गरौ भनेर अगाडि आएका युवाले समाजलाई परिवर्तन गर्नमा सकारात्मक भूमिका खेल्ने बताए ।

थारु युवाहरुलाई पत्रकारिताको आधारभूत ज्ञान दिन तथा थारु समुदायको उत्थानमा पत्रकारिताका माध्यमबाट मिडियामा पहुँच बढाउन तालिम दिन थालिएको थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरीले बताए ।

थारु समुदायमा रहेको पछौटेपन अन्त्य गर्दै सचेतना फैलाउने उद्देश्य पूरा गर्न थारु समुदायका ४० जना युवाहरुलाई आधारभुत पत्रकारिता तालिम दिन थालिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?