© 2026
दाङ । अखिल नेपाल महिला सङ्घ दाङले सुर्खेतमा किशोरी बलात्कारपछि हत्या घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ।
अनेमसंघ दाङका अध्यक्ष लक्ष्मी शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल सरकार, गृह मन्त्रालयमा पठाउनका लागि ज्ञापन पत्र बुझाइएको हो ।
जिल्ला अध्यक्ष लक्ष्मी शर्माको हस्ताक्षर गरेको ज्ञापन पत्र बुझ्दै प्रजिअ अर्यालले सुरक्षित तरिकाले सम्बन्धित निकायमा पुराउने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापन पत्रमा भनिएको छ, सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ६ घर भई हाल वैरिन्द्रनगर नगरपालिका वडा नं. १ मा जस्तै आएकी १६ वर्षिया इनिशा वि.क कक्षा ११ मा अध्ययनरत बालिका २०८२ फाल्गुन २३ गतेका दिन बिहान ९ बजे एक निर्दोष किशोरीमाथि भएको सामूहिक बलात्कार पछिको हत्या जस्तो अमानवीय तथा जघन्य आपराधिक घटनाप्रति अखिल नेपाल महिला सङ्घ दाङले गहिरो दुःख र आक्रोश व्यक्त गर्दछ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो घटना सभ्य समाजको लागि अत्यन्त लज्जास्पद विषय हो । आधुनिक भनिएको हाम्रो समाजमा घट्ने यस प्रकारका अपराधले समाजको शान्ति सुरक्षा माथि गम्भीर प्रश्न उठाइरहेको छ ।
विगतमा यस्ता प्रकृतिका घटनामा राज्यको सुरक्षा र प्रशासन संयन्त्रको कमजोर अनुसन्धान पद्धति र अपराधीलाई कडा कानुनी सजायको व्यवस्था नगर्नुको परिणाम यस्ता अपराध आज पनि न्यूनीकरण हुन सकेका छैनन् ।
दिनप्रतिदिन महिला तथा किशोरीहरू माथि हत्या, बलात्कार, अपहरण र त्रासको वातावरण सिर्जना भइरहेको छ ।
वालिका तथा किशोरीमाथि भएको घटनाको गम्भीर विषयमा सत्य, तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दै पीडितलाई छिटोछरितो न्याय दिनका लागि सरकारका सबै निकायसँग जोडदार माग गर्दछौँ विज्ञप्तिमा उल्लेख गरिएको छ ।