© 2026
काठमाडौँ । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका—३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका—२ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका(१० सडकघाट दुई तथा पर्साको वीरगज महानगरपालिका—१४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका—२० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका—२ फुटाहबाट, गोदावरी नगरपालिका—११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका—८ धनगढीगाउँबाट एकरएकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।