ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्न चौतारीको माग

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

बुटवल, २५ पुस ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले निर्वाचनमा उम्मेदवार बनेको सम्पूर्ण पत्रकारहरुको सदस्यता खारेज गर्न माग गरेको छ । सोमबार नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारीले पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महासंघको सदस्य रहेका केही पत्रकार उम्मेदवार तथा राजनीतिक दलको प्रतिनिधि रहेको र यसरी उम्मेदवार दिएका पत्रकारहरुको सदस्यताका बारेमा महासंघको धारणा के छ भन्दै प्रश्न गरेको छ ।

पत्रकार महासंघका कुनै पनि संरचनामा रहेको पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय महासंघको यसअघिको बैठकले गरेको कुरालाई स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयन भए÷नभएको बारे समेत चौतारीले ज्ञापनपत्रमार्फत जिज्ञासा राखेको छ ।

रुपन्देहीमा पनि महासंघको सदस्य रहेका विभिन्न व्यक्ति निर्वाचनमा उम्मेदवार रहेको भन्दै चौतारीले महासंघलाई विधानमा रहेको व्यवस्था कडाइका साथ पालना गर्न÷गराउन तथा उम्मेदवारी दिएका वा दलका कुनै पनि विभाग वा कमिटीमा रहेका पत्रकारहरुको छानबीन गरी सदस्यता अविलम्ब खारेज गर्नुपर्ने चौतारीको माग छ । अन्यथा प्रेस चौतारी नेपाल, रुपन्देहीले थप दबाबमुलक कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले प्रष्ट रुपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने कुरा व्यवस्था छ । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्दीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने व्यवस्था छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

उक्त व्यवस्थाअनुसार महासंघले उम्मेदवार बनेका, राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रहेका पत्रकारहरुलाई महासंघले कारवाही अगाडि नबढाइएको पाइएको प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । महासंघको निर्णयबमोजिम उम्मेदवार भएका पत्रकारले स्वेच्छिक रुपमा सदस्यता त्याग गरेका समाचार पनि सार्वजनिक भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सदस्यताबारे महासंघ गम्भिर रहेको बताए । उनले महासंघ सदस्यता शुद्दीकरणमा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?