ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघको १६ औ साधारण सभा

सामूहिक कृषि गरी व्यवसायीकरणमा जोड

२५ पुष २०७९, सोमबार
२५ पुष २०७९, सोमबार

बुटवल, २५ पुस ।

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बुटवलमा भएको छ । साधारण सभाको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कृषि क्षेत्रको विकास विना आर्थिक विकास संभव नभएको भन्दै अव सामूहिक कृषि खेती आवश्यक रहेको बताएका छन् । उनले कृषि क्षेत्रमा लाग्ने युवा पुस्ताको अभाव विस्तारै कमी हुँदै गएको भन्दै अव सामूहिक, सामुदायिक व्यवसायी चक्लाबन्दीमा कृषि प्रणाली अवलम्बन गर्नुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकीकरण गरेर अगाडि बढेको बताउँदै नगर प्रमुख पाण्डेयले सामूहिक कृषि कर्म, व्यावसायिक कृषि योजनामा नगरपालिकाले जहिलेपनि हातेमालो गर्ने बताए । उनले यसको लागि प्रदेश सरकार वा संघीय सरकारसंगको सहकार्यका लागि पहल गर्न नगरपालिका जहिले पनि तयार रहेको बताएका थिए ।

बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल कृषि उपज थोक बजार केन्द्र स्थापना गरी व्यवसायी, नगरपालिका र संघीय सरकारको सह लगानीमा स्थापना भएको बजारको आवश्यकता भन्दा सानो भएको भन्दै उनले नगरको पहलमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ कर्साघाट क्षेत्रमा बहुउदेश्यीय कृषि बजार स्थापना अन्तीम चरणको रहेको उनले बताए । यसको लागि स्थानीय तह वडा कार्यालय लगायतबाट समन्वय भई वन क्षेत्रको जग्गा पर्ने भएको कारण विभागीय निर्णयको लागि संघीय सरकारमा पहल भैरहेको नगर प्रमुख पाण्डेयको भनाई रहेको छ । अहिले सञ्चालनमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र बजार माग भन्दा सानो भएको भन्दै उनले वैकल्पिक व्यवस्था नभएसम्मको लागि व्यवसायीहरु यहाँबाट विस्थापित हुन नपर्ने समेत प्रतिवद्धता जनाए । ‘मेरो कार्यकाल भरीमा बैंकल्पीक व्यवस्था नभए सम्मको लागि यहाँबाट व्यवसायीहरु विस्तापित हुनु पर्दैन, मेरो प्रतिवद्धता भयो’– प्रमुख पाण्डेयले भने ।

बुटवलमा पछिल्लो समयमा ठेला व्यवस्थापन, अव्यवस्थित रुपमा रहेका ई रिक्सा व्यवस्थापनको काम अहिले पनि जारी रहेको भन्दै उनले सफा, सुन्दुर र देशकै नमुना नगरबनाउनको लागि सबैले अभियानलाई साथ दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले व्यावसायिक हितका लागि व्यावसायिक संघ संस्थाको बीचमा सहकार्य जरुरी रहेको बताए । उनले लुम्बिनी फलफुल तरकारीथोक व्यवसायी संघले व्यवसायीक हितका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको भन्दै उनले समाजिक क्षेत्रमा समेत व्यावसायिक संघ संस्थाले गरेको कार्य उत्कृष्ट रहेको बताएका थिए ।

बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलाराज भट्टराईले पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाको कारण व्यवसायीहरु आजित भैरहेको बताए । उनले यसको लागि संघीय सरकार, प्रदेश सरकार स्थानीय तहले समेत विशेष ख्याल गर्नुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकराज न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष गोपाल भुषाल, संघका निवर्तमान अध्यक्ष केशव कुँवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल थोक बजारका व्यवस्थापक राम बहादुर खत्री, लुम्बिनी च्याउ उत्पादक किसान संघका ऋषव पोखरेल, लुम्बिनी सामाजिक संस्था नेपालका संयोजक राकेश पाण्डे लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाले गरेको बार्षिक कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष बाबुराम भुषालले कृषि क्षेत्रको विकासका लागि व्यवसायीहरुले नै कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका थिए । कोभिड पश्चात अर्थतन्त्रमा आएको मन्दीको शिकार व्यवसायी उद्योगीहरु भएको भन्दै उनले आर्थिक क्षेत्र चलायमान बनाउनको लागि संघ , प्रदेश र स्थानीय तहको पहल जरुरी रहेको बताएका थिए । संघका महासचिव मेघनाथ पौडेलले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न संघ संस्थाको समन्वयबाट संस्थाले काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा संस्था क्रियाशिल हुनुपर्ने धारणा राखेका थिए ।

साधारण सभा तथा अधिवेशनको अवसरमा विभिन्न किसानहरुलाई फलफुलको विरुवा समेत वितरण गरिएको थियो । मदनपोखरा कृषक समूहका हिमलाल पोखरेल, गैडहवा कृषक समुहका रामलखन लोध, बुटवल जैविक का गोपाल पौडेल, सिद्धबाबा कृषक समुहका सावित्रा रेग्मीलाई फलफुलको विरुवा वितरण गरिएको हो ।

यस्तै संघका प्रेस सल्लाहकार तथा बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल, कानूनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे सहित मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सहित विभिन्न व्याक्तित्वलाई सम्मान गरिएको थियो । संस्थाले गरेको आर्थिक गतिविधीको विषयमा कोषाध्यक्ष मनिष कुमार वर्णवालले प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा तथा अधवेशनबाट नयाँ नेतृत्व समेत चयन हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?