© 2026
दाङ,२५ फागुन । यही फागुन २४ गते नारी दिवस, दाङ घोराही उपमहानगरपालिका -१४ का महिला /पुरुषहरू बिहानै घरबाट घुम्न निस्किए । उनीहरू दाङको पहाडी पालिका बंगलाचुली गाउँपालिका पुगे। त्यहाँ झपक्क फुलेको लालिगुरास देखेपछि उनीहरूले टिपे। सबैले मिलेर फुल बिछ्याइए भुईँमा बालेन लेखे । हातमा पनि लालिगुरास छोपेर विभिन्न पोजमा फोटो खिचे ।
भर्खरै सकिएको निर्वाचनमा बालेनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिते पछि नेपालीहरू उत्साही भएका छन् । रमाइलो गर्न बंगलाचुली पुगेकाहरू मध्ये घोराही -१४ का सञ्चारकर्मी भिउमान पुनमगरले सामाजिक सञ्जालमा उक्त फोटो पोस्ट गरेपछि अहिले फोटो भाइरल भएको छ। भिउमान भन्छन् ” दिदीबहिनी घुम्न जानुभएको थियो उहाँहरूले लालिगुरासको बालेन लेख्नु भयो मैले फोटो खिचेको थिए ।”
