© २०२३
सल्यान,२४ पुस । सल्यानमा प्रतीक्षालयबाट लडेर एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–३ पौवाबारीस्थित खड्गदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थ बहादुर सेजवालको मृत्यु भएको हो।
उनी घर नजिकैको शिवपार्वती मन्दिर परिसरमा निर्माण गरेको प्रतीक्षालयबाट लडेका थिए । प्रतीक्षालयबाट लडेर करिब पाँच मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार सेजवाल शनिबार राति लडेका थिए । लडेर मृत्यु भएका सेजवालबारे स्थानीय तथा आफन्तले आइतबार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको प्रहरीले जनाएको छ ।