Butwal Today

रास्वपा जिल्ला सदस्य रेग्मीको निधन

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सुन्दरहरैँचा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ क्षेत्र नं २ को मतगणना स्थलमा रहेको अवस्थामा अचानक बिरामी भएका रेग्मीको आज निधन भएको हो ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?