ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

तिलोत्तमा, २३ पुस ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि वढाउने प्रस्ताव पारित गरेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउने भएको हो ।

अघिल्ला वर्षहरुमै सञ्चालनमा ल्याउने तयारी भएपनि कोभिड–१९, आर्थिक अभाव, अन्य ब्यवस्थापनमा भएको कमीले मिलन केन्द्र सञ्चालनमा आउन नसकेको हो ।

श्रृङ्गेश्वर धामको साधारण सभाले धाम परिषरमा रहेको पशुपति सदन माथि आकर्षक सभाहल निर्माण गर्ने, पार्किङ्ग स्थलको ब्यवस्थापन, हरियाली प्रवद्र्धन, वोरिङ्ग जडान, धामको मूल गेट अगाडीको सडक कालोपत्रे गर्नका लागि स्थानीय नगरपालिकासंग समन्वय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा धामको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै धामका अध्यक्ष ऋmषि भण्डारीले धामको आजीवन सदस्यता विस्तार कार्यलाई निरन्तरता दिने, धाम परिषरमा निर्मित विभिन्न मन्दिरहरुमा नित्य पूजाका अतिरिक्त श्रावण महिनामा जलार्पण, महाशिवरात्रीमा शिवरुद्राभिषेक, शतचण्डी, रुद्री, श्रीकृष्ण जन्माष्टमीलगायत विशेष धार्मिक महत्वका दिनमा विशेष पूजाआजालाई निरन्तरता दिइने वताए ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना र अगुवाईमा स्थापित पवित्र श्रृङ्गेश्वर धाम २०७३ सालमा विधिवतरुपमा दर्ता भई सञ्चालनमा आएको संस्था हो । धाम अन्तर्गत आर्थिक संकलन, पूजा ब्यवस्थापन, हरियाली प्रवद्र्धन, निर्माण तथा मर्मत, भजन तथा साँस्कृतिक, अनुगमन, प्रचार प्रसार, संघसंस्था समन्वय लगायतका उपसमिति गठन गरी कामहरु हुंदै आएको छ ।

धाम परिषरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्र संग सहकार्य गर्दै खेम ओमी कल्याणकारी प्रतिष्ठानले आनन्द भवन ( ज्येष्ठ नागरिक मिलन केन्द)को तेश्रो तल्ला माथि प्रतिष्ठानको आफ्नै लागतमा चौथा तल्ला थप गरी असहाय गरिव तथा जेहेन्दार छात्रालाई छोरी शिक्षाको नामवाट निशुल्क छात्रावास सञ्चालनका लागि निर्माणको काम भैरहेको छ । तल थप गर्दा र छात्रावास सञ्चालन गर्दा लाग्ने सम्पूर्ण खर्च प्रतिष्ठनले नै ब्यहोर्ने र धाम तथा मिलन केन्द्रलाई कुनै आर्थिक ब्ययभार नपर्ने सहमति भएको धामका अध्यक्ष भण्डारीले् वताए ।

साधारण सभामा गुल्मेली सम्पर्क समाजका संस्थापक अध्यक्ष ई. हिरा बहादुर भलामीले श्रँृङ्गे ऋषिको नामबाट स्थापित धाम पवित्र धार्मिक तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्थापित भएको बताए । धाममा प्रवेश गरेपछि सत्कर्म र सत्मार्गमा लाग्न उर्जा मिल्ने भन्दै उनले खराव चिन्तनको विकास नहुने वताए ।

धामका सल्लाहाकार तथा पूर्व प्रशासक टिकाराम घिमिरेले धाम परिषर भित्र भौतिक पूर्वाधारका काम करिव करिव सम्पन्न भएकाले यसको दीगो ब्यवस्थापन र दीर्घकालिन संचालनको पाटो चुनौतिका रुपमा रहेपनि दाताहरुको सहयोगले सवै सहज हुने वताए । ज्येष्ठ नागरिक मिलन केन्द्रका संस्थापक अध्यक्ष स्वर्गीय खेम पुनको अभाव सदा खट्किरहने भन्दै उनले मिलन केन्द्र सञ्चालनमा आएपछि पुनको सपना साकार हुने उल्लेख गरे ।

ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले आर्थिक अभावका वावजुद पनि नयाँ वर्ष २०८० साल वैशाख १ गते देखि मिलन केन्द्र सञ्चालनका लागि आवशयक प्रक्रिया अगाडि वढाउने वताए ।
साधारण सभामा धामका केषाध्यक्ष गणेश न्यौपानेले धाममा अहिले सम्म १६ लाख ८० हजार ५५१ रुपैयाँ आम्दानी, १३ लाख ३ हजार २५ रुपैयाँ खर्च भई ३ लाख ७७ हजार ३२५ रुपैयाँ वचत भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धामका अध्यक्ष ऋषि भण्डारी, उपाध्यक्ष जेपी कँडेल, सचिव केशवराज पोख्रेललगायतले पनि मन्तव्य व्यक्त गरेको साधारण सभामा धामका आजीवन सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?