ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

रोटरीद्वारा ह्वील चेअर प्रदान र परियोजनाको स्थलगत अवलोकन

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

बुटवल, २३ पुस ।

रोटरी क्लव अफ बुटवलले शनिबार शंकरनगर वनबिहार तथा अनुसन्धानकेन्द्रलाई ह्वील चेअर वितरण गर्नुका साथै वनवाटिका क्षेत्रभित्र रहेको रोटरी परियोजनाको अवलोकन गरेको छ ।

क्लवको १४ सय ४५ औं नियमित बैठकको अवसर पारेर वनवाटिकालाई दुईवटा ह्वील चेअर प्रदान गरिएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए । क्लवले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मालाई ती ह्वील चेअर हस्तान्तरण गरेको हो ।

क्लवले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शंकरनगर वनवाटिका क्षेत्रभित्र बाल उद्यान निर्माण गर्नुका साथै बाल रेल सञ्चालनमा ल्याएको छ । त्यस्तै वनवाटिका क्षेत्रभित्रै क्लवले इ–लर्निङ साइन्स एण्ड थिएटरको पनि स्थापना गरेको छ । कार्यक्रमका अवसरमा बोल्दै केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वन वाटिका क्षेत्रभित्र रोटरीले सञ्चालन गरेका परियोजना यहाँको पर्यटकीय विकासका लागि धेरै नै महत्वपूर्ण रहेको भन्दै यसबाट संस्थागत सम्बन्ध पनि थप सुद्धृढ बन्दै गएको बताए । त्यस्तै उनले अव केन्द्रका लागि पशु एम्बुलेन्स आवश्यक रहेको भन्दै त्यसका लागि पनि क्लवको ध्यानाकर्षण गराए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले यहाँ सञ्चालनमा रहेको बालरेलबाट मात्रै मासिक ३ देखि ८ लाख रुपियाँसम्म आम्दानी हुने गरेको जानकारी थिए । रोटरी क्लबले सन् २०११÷१२ देखि वनबाटिकामा विभिन्न पार्क तथा सेड निर्माण गरी काम गर्न सुरु गरेको थियो ।

नियमित बैठकमा बोल्दै क्लवका अध्यक्ष बोनिन पियाले अव क्लवले यस क्षेत्रभित्र तारा मण्डल निर्माण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले यहाँ सञ्चालित परियोजना वनवाटिकाको विकासको लागि मात्र नभएर सिंगो लुम्बिनी प्रदेशकै लागि महत्वपूर्ण रहेको बताए) ।

बैठकमा क्लवका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले वनवाटिका क्षेत्रभित्र रोटरीले सञ्चालन गरेका परियोजनाबारे बिगतदेखि वर्तमानसम्म प्रकाश पारेका थिए । बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी दिएका थिए भने रोटरीयनहरु मणिरत्न पाण्डे, संगीता गौतम अर्याल, मन्जु भुसाललगायतले पनि आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?