© २०२३
बुटवल, २३ पुस ।
सुस्त मनस्थिती भएकी महिला र १५ वर्षीय एक बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने दुईजना रुपन्देहीबाट पक्राउ परेका छन् ।
सुस्त मनस्थिति भएकी महिलालाई घरमा कोही नभएको मौकापारी जवर्जस्ती करणी गर्न खोज्ने एकजना व्यक्ति रुपन्देहीको कञ्चन गाउँपालिकाबाट र १५ वर्षीया बालिकालाई अभिभवक नभएको मौका पारी जवर्जस्ती करणी गर्न खोज्ने अर्का एप व्यक्ति सैनामैनाबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही पुस २१ गते साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थिति भएकी २३ वर्षीया महिलाको घरमा गई अरु कोही नभएको मौका छोपी जवर्जस्ती शौचालयमा लगी जिल्लाको कञ्चन गाउँपालिका वडा नं. ३ का ३० वर्षीया राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले कन्चन गाउँपालिका वडा नं. ४ बाट नियन्त्रणमा लिई जवरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नं. ६ कि १५ वर्षीया बालिकालाई अभिभवक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा घरमा आई जवर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने, चलाउने तथा जवर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीया मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी आफूलाई जवर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोही समयमै पुस २१ गते नै पक्राउ गरिएको थियो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जवर्जस्ती करणी उद्योग कसुर अन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।