© २०२३
कपिलवस्तु, २२ पुस ।
जिल्लाकै पुरानो र ठुलो बाणगंगा सिंचाई प्रणालीको जल उपभोक्ता समितिको पदाधिकारी निर्वाचनमा मोहन शर्माको प्यानल बिजयी भएको छ । मूल समितिको ४ पदाधिकारीका लागि भएको निर्वाचनमा ६५ मत प्राप्त गरी शर्मा बिजयी भएको निर्वाचन समितिका संयोजक प्रविण कुमार श्रीवास्तवले जानकारी दिए । अध्यक्षका प्रतिष्पर्धीहरु प्रमोद यादवले ४५ र नारायण बहादुर सिंहले ४३ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा शर्मा प्लानलकै तारा प्रसाद यादवले ६८ मत प्राप्त गरी चुनाव जित्दा बिजय कुमार चौधरीले ४२ मत र सिताराम यादवले ३९ मत पाए ।
सचिवमा विनोद कुमार चौधरीले ६० मत ल्याएर चुनाव जिते भने राम सवारे यादवले ४६ र नरेन्द्र प्रसाद त्रिपाठीले ४५ मत प्राप्त गरे । कोषाध्यक्षमा ९८ मत सहित शर्मा प्यानलका सुनिल कुमार शुक्लाले चुनाव जित्दा रामपृत दुबेले २९ र निम प्रसाद खनालले २३ मत पाएका थिए । जिल्लाकै पुरानो सिंचाई प्रणालीको १७ शाखा र १ सय ६८ प्रशाखा छन । २७ सदस्यीय मूल समितिका लागि ४ पदाधिकारी र १७ शाखाबाट १÷१ सदस्य निर्वाचित भएका छन । बाँकी ६ मनोनित सदस्य निर्वाचित समितिको बैठकबाट चयन हुनेछ । जल उपभोक्ता समितिको अध्यक्ष निर्वाचित शर्माले किसानहरुको सिंचाईको समस्या समाधान गर्न सबै शाखा र प्रशाखामा पानी पुर्याउन तत्पर रहने प्रतिबद्धता जनाए ।