Butwal Today

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते 

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

दाङ ।

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।   लमहीदेखि घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक बस घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानीमा लु २ ख ३२७७ नं. को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एंव  प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी  दिए ।

दुर्घटनामा घाइते भएका ७ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र अन्य दुई जना घाइतेको लमही अस्पताल लमही दाङमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए  ।

बस चालक  राप्‍ती गाउँपालिका वडा नं. ५ सिसहनियाका  ३५ वर्षका केशर बहादुर पुनलाई प्रहरीले  नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।  अहिले बाटो एकतर्फी सुचारु भएको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?