© 2026
प्रतियोगितामा विजय आचार्य प्रथम हुन सफल भएका छन् भने अस्मिना पाण्डे द्वितीय हुन सफल भइन् ।
त्यसै गरी सुनिता अर्याल तृतीय तथा दयासागर मन्थी सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रम संयोजक सीता खनालले जानकारी दिइन् । प्रतियोगितामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८ जनाले सहभागिता जनाएका थिए ।
विजेताहरूलाई सम्मान गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजमान श्रेष्ठले रचनात्मक प्रतियोगितामार्फत स्वास्थ्यकर्मी तथा कर्मचारीमा सेवाप्रतिको समर्पण भावना अझ सुदृढ भएको बताए ।
जस्तोसुकै परिस्थितिमा पनि जनताको स्वास्थ्य सेवामा तल्लीन रहने पेसाकर्मीहरूबिच वार्षिकोत्सवले आपसी सद्भाव, एकता र पेसागत मर्यादा अभिवृद्धि गर्न योगदान पुर्याएको उनले उल्लेख गरे । अस्पताल विकास समिति आवश्यक सहकार्यका लागि सधैँ तत्पर रहने उनको भनाइ थियो ।
त्यसै गरी विकास समितिका सदस्य लक्ष्मी भट्टराईले पेसागत मर्यादाभित्र रही आफ्नो जिम्मेवारी पूरा गर्ने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको पक्षमा समिति सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सेवाग्राहीप्रति गरिने व्यवहार कर्तव्य र पेसागत मर्यादासँग जोडिएको विषय भएको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरू सधैँ संवेदनशील रहनुपर्ने बताए ।
अन्य पेसाभन्दा स्वास्थ्य सेवा क्षेत्र अत्यन्त संवेदनशील र मर्यादित भएकाले सोही भावना अनुरूप अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
अस्पतालले हरेक वर्ष फागुन १५ गते वार्षिकोत्सव मनाउँदै आएको छ । यस वर्ष पनि विभिन्न अतिरिक्त क्रियाकलापसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । अस्पतालका बिमा शाखा प्रमुख दिपेन्द्र पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स तथा कर्मचारी गरी करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठुलो यस अस्पतालमा वार्षिक साढे ३ लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गर्दछन् ।
वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सम्मान, अभिमुखीकरण, रक्तदान, फलफूल वितरण, सरसफाइ तथा सचेतना कार्यक्रमका साथै मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याडमिन्टन र म्याराथन प्रतियोगिताहरू समेत आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिए ।