© 2026
ताप्लेजुङ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आज सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा १० हजार ३२३ जनाले पाथीभराको दर्शन गरेका छन् ।
माघमा १८ लाख ४७ हजार ५०० भेटीघाटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । यसअघि, पुस महिनामा पाँच हजार ९११ जनाले पाथीभराको दर्शन गरेका थिए ।
चिसो घट्दै गएकाले भक्तजनको सङ्ख्या क्रमशः बढ्दै गएको समितिले जनाएको छ । समितिले हरेक महिनाको अन्त्यमा भेटीघाटी र दर्शनार्थीको विवरण सार्वजनिक गर्ने गरेको छ । पाथीभरामा भारतसहितका विदेशी दर्शनार्थी आउने गर्छन् । रासस