Butwal Today

राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित

२८ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

सो प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । सभाको आगामी बैठक फागुन १ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?