Butwal Today

‘फास्ट ट्रयाक’ मा टुचन मेसिन खस्दा एकको मृत्यु

२८ माघ २०८२, बुधबार
अ+
अ-

बागमती ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडामा निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन तल खस्दा फास्ट ट्याकमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

फास्ट ट्याकको १ नम्बर पुलको खाडल खन्नेर खाल्डोबाट टुचनमा बसेर बाहिर आउने क्रममा एक्कासि उक्त मेसिनको ब्रेक फेल भई करिब २१ मिटर तल खस्दा टुचन मेसिनमा बसेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ निवासी २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

सोही मेसिन खस्दा खाडलभित्र काम गरिरहेका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भएका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका र उपचारको लागि काठमाडौँतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?