Butwal Today

रामेछापमा बस दुर्घटना अपडेट: ९ जनाको मृत्यु

२७ माघ २०८२, मंगलवार
अ+
अ-

रामेछाप ।

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोसी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न  अस्पताल लगिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?