ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा
प्रमुख समाचार

सकियो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, लक्ष्य भन्दा बढि सफल

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

बुटवल, पुस । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार समापन भएको छ ।
कार्यक्रममा प्रदेश सभासद एवं पूर्वमन्त्री लिला गिरीले रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले खस्कदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटेको कोर्ने विश्वास व्यक्त गरे ।
उनले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा उद्योग संघले खेलेको भूमिकालई कसैले विर्सन नसक्ने बताउँदै नीजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडी बढ्न सुझाव दिए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासका र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे ।

प्रदेशसभा सदस्यमा माननीय भोजप्रसाद श्रेष्ठ, प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, सचिव वसन्त ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेल, जिल्ला÷नगर संघसंस्थाको तर्पmबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, प्रदेश स्तरीय संघसंस्थाको तर्पmबाट चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, नेपाल राष्ट्र बैंक डिपुटी गभर्नर बम बहादुर मिश्र लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका अग्रजहरुको पहलमा थालिएको औद्योगिक प्रदर्शनी यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै औद्योगिक प्रदर्शनी सफल बनाउन तयारी देखि नै प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त बताए ।
प्रदर्शनीको आयोजना सम्पन्न गर्न मद्दत पु¥याउने सम्पूर्ण संघ÷संस्था, संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, कर्मचारीहरु तथा अन्य महानुभावहरुलाई धन्यवाद दिए ।
समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव हरि बहादुर खत्रीले प्रदर्शनीमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरे भन्दा अत्याधिक बढी दर्शकहरु आएको तथा आर्थिक कारोवार पनि भएको बताए ।

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३१० प्रतिष्ठान उत्पादनहरु ४१५ वटा स्टलहरुमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगहरुको प्रकृतिलाई हेरी विशेषता अनुसार बिभाजन गरिएको थियो । जस अन्तरगत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी÷अचार÷आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी÷सौन्र्दयमा ३६ प्रतिष्ठान, जुत्ता÷चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग÷प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी क्षेत्र गत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो ।

जसमा रुपन्देही, कास्की, मोरङ, भक्तपुर, अर्घाखाँची, गुल्मी, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काठमाडौ, ललितपुर, बाके, चितवन, झापा, मोरङ, बारा, धनुषा, जुम्ला, मकवानपुर, विरगञ्ज, सुनसरी, जनकपुर, हेटौडा, सर्लाही, भोजपुर, दाङ, उदयपुर, दोलखा, मुस्ताङ लगायत रहेका थिए ।
समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री लिला गिरी र प्रदर्शनी मुल समितिका संयोजक माधव प्रसाद पौडेलले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङकन समितिका संयोजक बाबुराम बोहोराले पुरस्कृतहरुको नामावली सार्वजनिक गरेका थिए ।
जस अनुसार स्टल मूल्यांकनतर्पm होटल तथा रेष्टुरेण्ट पेभिलियन मध्ये उत्कृष्ट श्री गुड् डु द भेगन किचन, गार्मेण्ट्स पेभिलियनतर्फ उत्कृष्ट भिना गार्मेन्ट प्रा.लि. काठमाडौं, बेकरी, आईसक्रिम तथा अचार पेभिलियनतर्फ उत्कृष्ट श्री लकासी अचार उद्योग र श्री भिटामिन फुड्स एण्ड क्याफे, बुटवल, हाउस होल्ड एण्ड ब्युटी पेभिलियनतर्फ उत्कृष्ट तिनाउ टप किचन इण्डष्ट्रिज प्रा.लि., तिलोत्तमा न.पा. र एन्जल टच हाइजिड्ड म्यानुप्mयाक्चरिड्ड प्रा.लि., भैरहवा, जुत्ता चप्पल पेभिलियनतर्फ उत्कृष्ट श्री ब्ल्याक हर्स, खाद्यान्न पेभिलियनतर्फ उत्कृष्ट राइजिङ्ग सन एग्रो इण्डष्ट्रिज, सियारी गा.पा., औद्योगिक प्रविधि पेभिलियनतर्फ उत्कृष्ट नेपोभिट टायल बारा, जितपुर, हस्तकला पेभिलियनतर्फ उत्कृष्ट एम.बी.काष्ठ तथा हस्तकला उद्योग, बुटवल, कृषि पेभिलियनतर्फ उत्कृष्ट पैंचो पसल प्रा.लि., बुटवल भएका छन् ।
यसैगरी जिल्ला वाहिरका महिला उद्यमीहरु मध्येबाट उत्कृष्ट उद्यमी पाल्पाली मदनपोखरा ढाका उद्योगकी शितम भण्डारी र प्रेम नि.श.अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योग, दाड्डकी प्रेम कुमारी पुन, संस्थागत स्टलतर्पm ग्रिल तथा स्टिल व्यवसायी संघ, रुपन्देही, उदयमान युवा उद्यमीमा पुरुष तर्पmबाट कबिराज अधिकारी श्री रामापुर मौरी श्रोत केन्द्र, महिलातर्पmबाट श्रृष्टी गुरुङ्ग आइटी स्टिल स्ट्रक्चर सोलुसन प्रा.लि. पुरस्कृत भएका छन् ।

स्टलहरुमध्येबाट बुद्ध सिमेन्ट ब्लक उद्योग, तिलोत्तमा न.पा. रुपन्देही र ग्लोबल इ्रन्टेरियर तथा काष्ठ उद्योग, तिलोत्तमाले सान्त्वना, मन उड इण्डष्ट्रिज, ओमसतिया गाउँपालिका, रुपन्देही र सिया स्टिल इण्डष्ट्रिज प्रा.लि,. नवलपरासीले तेस्रो, कपिलवस्तु ग्लास फाइवर उद्योग, बुटवल औद्योगिक क्षेत्रले दोस्रो तथा ट्रन्सवेल्ड नेपाल(ट्रान्सफर्मर) काठमाडौंले प्रथम स्थान हासिल गरेको छ ।रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकम मध्ये केही प्रतिशत सामाजिक कार्यका लागि छुट्याउने निर्णय गर्दै प्रत्येक टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैया औद्योगिक तथा सामाजिक विकास राहात कोषका लागि छुट्टयाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?