© 2026
काठमाडौँ— नेपालमा ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगाडि चुरोट/बिँडी सेवन गर्ने गरेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२अनुसार १५ वर्षअगाडि नै उक्त संख्यामा चुरोट/बिँडी सेवन गर्ने गरेको पाइएको हो।
सर्वेक्षणअनुसार १५-४९ वर्ष उमेर सूमहका ४१.८ प्रतिशत पुरुष र ५.१ प्रतिशत महिलाे कुनै न कुनै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मुल्याङ्कन, योजना तर्जुमा गर्न कार्यालयले सर्वेक्षण गरेको हो।
सर्वेक्षणमा देशभरबाट ५ सय ४० क्लष्टर (क्षेत्र)हरू छनौट गरिएको थियो। जसमा सहरी क्षेत्रबाट ३ सय ४ र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर छनौटमा परेका थिए।