Butwal Today

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु 

२६ माघ २०८२, सोमबार
अ+
अ-

दाङ । 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान साढे ८ बजे दाङको घोराही उपमहानगरपालिका-१६ सेवारखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२९००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी  प्रहरी नायव उपरीक्षक  रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवा खोलाको निर्माणाधीन पुलबाट खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका-७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडि सवार दाङकै तुलसीपुर उपमहानगरपालिका-१७ झिंगेका ३९ वर्षीय कमल वलीको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए ।

उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?