© 2026
अर्घाखाँची ।
ढाकावाङ्ग स्वास्थ्य चौकीमा एच.पि.भि. खोप अभियानलाई सफल पार्ने उद्देश्यसहित सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा सरोकारवालाहरूबिच बैठक सम्पन्न भएको छ ।
ढाकावाङ्ग स्वास्थ्य चौकीमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य चौकी प्रमुख रन्जिता रायमाझीले सहजीकरण गर्दै एच.पि.भि. खोपको महŒव, यसको सुरक्षा, प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको भूमिकाबारे विस्तृत जानकारी दिइन् ।
उनले लक्षित समूहसम्म सही सूचना पु¥याउन समुदायस्तरको सहकार्य अपरिहार्य रहेको बताईन् । बैठकले एच.पि.भि. खोप अभियान माघ २७ गते विश्व माध्यमिक विद्यालय, माघ २८ गते बालशिक्षा माध्यमिक विद्यालय र माघ २९ गते ढाकावाङ्ग स्वास्थ्य चौकीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियानलाई प्रभावकारी बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा स्थानीय सरोकारवालाहरूले आ–आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य चौकीका अनुसार एच.पि.भि. खोप पाठेघरको मुखको क्यान्सरबाट बचाउने सुरक्षित र प्रमाणित उपाय हो । त्यसैले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप सेवा सुनिश्चित गर्न अभिभावक, विद्यालय तथा समुदायको सहकार्य आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।
स्थानीय स्तरबाट सुरु गरिएको यस अभियानले महिलाको स्वास्थ्य सुरक्षा र भविष्यमा क्यान्सरको जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।