Butwal Today

सिद्धार्थनगरका पूर्व उपमेयर तथा समाजसेवी रतन कुमार गुप्ताको निधन

२२ माघ २०८२, बिहीबार
अ+
अ-

भैरहवा। सिद्धार्थनगर नगरपालिकाका पूर्व उपमेयर एवं यस क्षेत्रका प्रतिष्ठित समाजसेवी रतन कुमार गुप्ताको ७६ वर्षको उमेरमा निधन भएको छ। विगत सवा चार वर्षदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गुप्ताको उपचारका क्रममा बुधबार साँझ ८ बजे क्रिमसन अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ।

विगत १३ दिनदेखि अस्पतालमा कठिन सङ्घर्ष गरिरहेका उनको निधनले सिद्धार्थनगरले एक अनुभवी अभिभावक र कर्मनिष्ठ विकासप्रेमी नेता गुमाएको छ।

स्वर्गीय गुप्ता सिद्धार्थनगर नगरपालिकाको पूर्व उपमेयरका रुपमा जननिर्वाचित भई यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व थिए। राजनीतिसँगै समाजसेवामा उत्तिकै सक्रिय उनि स्थानीय सामाजिक संघसंस्था, धार्मिक कार्य र विपन्न वर्गको उत्थानमा सधैं अग्रपंक्तिमा रहन्थे। उनको सरल जीवनशैली, स्पष्ट विचार र मृदुभाषी स्वभावका कारण उनि सबैका प्रिय थिए।

उनको निधनको खबरसँगै सिद्धार्थनगर क्षेत्रमा शोकको लहर छाएको छ। स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी र सर्वसाधारणले उनिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन्।