Butwal Today

अर्घाखाँचीमा टिप्परको ठक्करबाट १ जनाको मृत्यु

१७ माघ २०८२, शनिबार
अ+
अ-

अर्घाखाँची ।

सालझण्डी–सन्धिखर्क (ढोरपाटन) सडक खण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री मालारानी गाउँपालिका–५ निवासी करिब ३२ वर्षीय उमेश खत्रीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी जानकारी दिए ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख जिसीले बताए ।