Butwal Today

प्राइम टाइल्सले प्राप्त गर्यो एन. एस प्रमाणपत्र

नेपालको पहिलो र एक मात्र एन. एस प्रमाणित टायल कम्पनीको रूपमा ऐतिहासिक उपलब्धि
१५ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, १५ माघ ।

प्रमाइम टाइल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नाप तौल विभागबाट एन. एस ६१७ अनुसारको एन. एस प्रमाणपत्र प्राप्त गर्दै नेपालको भित्ता र भूइँ टायल क्षेत्रमा पहिलो तथा हाल सम्मकै एक मात्र एन. एस प्रमाणित टायल कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

यस प्रमाणपत्रले प्रमाइम टाइल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गर्दछ । यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइन प्रतिको प्रतिबद्धताको प्रमाण हो ।

प्रमाइम टाइल्सका भित्ता तथा भूइँ टायलहरू घर,कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त छन् । एन. एस प्रमाणपत्र प्राप्ति सँगै प्रमाइम टाइल्सले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्डहरू स्थापित गरेको छ ।

प्रमाइम टाइल्स ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेडद्वारा प्रवर्द्धित हो, जुन सन् २०२१ मा स्थापना भएको नेपालको अग्रणी सिरेमिक टायल उत्पादन कम्पनी हो । रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर र वाल टायल दुवै उत्पादन गर्ने नेपालकै एक मात्र उद्योगका रूपमा पि.सि.पि.एल सञ्चालनमा छ । वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँ भन्दा बढीको लगानीसहित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको छ ।

सि.एम.एस र फोरटिउन भेन्चर्स जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित पि.सि.पि.एल देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जाल मार्फत ग्राहकसम्म पुगिरहेको छ ।

“प्रमाइम : टाइल्स जोड्छ जीवन”भन्ने ब्रान्ड प्रतिज्ञाका साथ कम्पनी उच्च गुणस्तर, भरपर्दो सेवा र दिगो विकासप्रति प्रतिबद्ध रहँदै आएको छ ।

प्रमाइम टाइल्स —
गुणस्तर प्रमाणित, भरोसा सुनिश्चित ।