Butwal Today

सिटिजन्स–मेडिसिटीको सहकार्यमा स्तन र प्रोस्टेट क्यान्सरबारे वेबिनार

१५ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

स पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो । मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ ।

कार्यक्रम अन्तर्गत सबै महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजीकरण डा. कञ्चन कौर, वरिष्ठ निर्देशक स्तन क्यान्सर मेदान्त अस्पतालले गरेको हो ।

माघ १३, २०८२ (मंगलबार) यस कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले गर्दा कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल रह्यो । त्यसै गरी, माघ १४, २०८२ (बुधबार) ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि “प्रोस्टेट क्यान्सर: भ्रम र यथार्थ” विषयक सत्र समेत सञ्चालन गरिएको छ ।

जसमा डा. पुनीत आहुलवालिया, वरिष्ठ निर्देशक मेदान्त अस्पतालले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो । यसमा कुल ५०९ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । साथै दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा बैङ्कले गरेको छ ।

बैङ्कले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक  कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसै गरी बैङ्कका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले  बैङ्कका कार्ड वाहक ग्राहक महानुभावहरूलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट उपलब्ध गरिएको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैङ्क अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैङ्कले यस अघि नै फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

हालसालै बैङ्कले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैङ्क सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैङ्किङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैङ्क टेलर सुविधा जसमा अन्य बैङ्कका ग्राहकले सिटिजन्स बैङ्कको शाखाबाट टेलर क्यु आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।