Butwal Today

दाङ देउखुरी सेवा समाजको १४औँ स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

११ माघ २०८२, आइतबार
अ+
अ-

कतार ।

दोहा—कतार कतारमा स्थापित सामाजिक संस्था दाङ देउखुरी सेवा समाज कतारले आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ ।

शुक्रवार गोरखाली रेस्टुरेन्टको सभा हलमा समाजका का:वा अध्यक्ष मनीषा खड्काको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारीको प्रमुख आतिथ्यमा”१४ औ स्थापना दिवस तथा वार्षिक भेला २०२६” मनाएको हो ।

विधिगत रूपमा ब्यानर अनावरण सगैं स्थापना दिवसको अवसर पारेर केक काटेर उद्घाटन गरिएको कार्यक्रममा समाजकी उपाध्यक्ष उषा परियारले स्वागत मन्तव्य राखेकी थिइन,।

संस्थाको सातौँ साधारण सभाबाट ०२५/०२७ कार्यकालका लागी निर्वाचित भएका अध्यक्ष केशव बुढा मगर रोजगारीको सिलसिलामा कतारबाट युएई प्रस्थान भएको र अध्यक्षको अनुपस्थितिमा संस्थाको मासिक बैठकद्वारा उपाध्यक्ष मनीषा खड्कालाई कार्यवाहकको रूपमा संस्थाले जिम्मेवारी सुम्पिएको थियो ।

संस्थाको नवौँ बैठकले संरक्षक वसन्त राज  पुरीको संयोजकत्वमा तथा अर्जुन खड्का र रण बहादुर केसी संरक्षक सदस्यको भूमिकामा कार्यकारी अध्यक्ष चयन गर्ने जिम्मेवारी समाजले दिएको र संस्थाको स्थापना दिवस तथा वार्षिक भेलाको अवसर पारेर समाजको गतिविधिहरू कार्यसम्पादन तथा संस्था  चलायमान बनाउन कार्यवाहक अध्यक्ष मनीषा खड्कालाई कार्यकारी अध्यक्षमा अनुमोदन गरिएको थियो ।

खड्कालाई अध्यक्षमा अनुमोदन गरे सँगै प्रदेश मातहतका रहेका सम्पूर्ण जिल्ला संस्थाका अध्यक्षहरू,प्रमुख अतिथि,समाजका सल्लाहकार तथा संरक्षकहरूले खादा ओढाएर सफल  कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

समाजमा आबद्ध रहेका कलाकार विजय भट्टराई र रेश्मी सेन्चुरी,सुमन गिरीले साङ्गीतिक प्रस्तुति समेत भरेका थिए । प्रदेश समन्वयमा आबद्ध रहेका विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति सहित मन्तव्य रहेको थियो ।

शुभकामना वक्ताहरूले समाजले कतारमा रहेका दँगाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ऐक्यबद्धता गर्दै कतार तथा गृह जिल्ला दाङमा अत्यन्तै सामाजिक कार्यमा अग्रसर रहेको बताएका थिए ।

स्थापना दिवसको अवसरमा संस्थापक सदस्य रण बहादुर केसी र सत्य बहादुर पुनलाई समाजले दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेको थियो ।

लुम्बिनी प्रदेश समन्वय परिषद् कतार प्रमुख संरक्षक क्रान्ति सिंहले मन्तव्य बोल्दै समाजले  जिल्लामा आई पर्ने विपथ आपत्कालीनमा मानवीय सहयता तथा सहयोग गर्दै आई रहेको बताए ।

उनले मनीषा खड्काको नेतृत्वमा रहेको कार्यसमितिले संस्थालाई थप व्यवस्थित प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गर्दै विदेशमा रहेर पनि समाज र देश प्रतिको माया सदैव राख्न सबैलाई आग्रह गरे ।

प्रमुख अतिथि लौडारीले आफ्नो मन्तव्य बोल्दै संस्थालाई जुझारु र बलियो बनाउन मनीषा खड्कालाई संस्थाको नेतृत्वमा अनुमोदन गर्नु भएकोमा हार्दिक बधाई सहित संस्थाले महिला नेतृत्वलाई स्थान दिएर अत्यन्तै प्रशंसनीय कार्य प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

उनले सामाजिक एकता र अन्य जिल्ला र प्रदेश सँग समन्वय गरेर सामाजिक कार्यमा थप सहयोग र सद्भावको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

सभापति खड्काले कार्यक्रमलाई समापन गर्दै आफू २०१७ देखी संस्थामा आबद्ध भएर निरन्तरता दिँदै आइरहेको बताउँदै संस्थालाई चलायमान बनाउन समाजले दिएको जिम्मेवारी र दायित्व निर्भरता पूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रमको सहजीकरण समाजका महासचिव चिन्तामणि भुसालले गरेका थिए ।