Butwal Today

नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

९ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपसभापति शर्माले विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै यस पटक मतदातालाई सहज बनाउन प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको बताए ।

यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो ।