Butwal Today

लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवारको मनोनयन दर्ता

७ माघ २०८२, बुधबार
अ+
अ-

दाङ, ७ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशका १२ जिल्लामा कुल ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ रहेको प्रदेश निर्वाचन कार्यालय, दाङले जनाएको छ ।

महिला उम्मेदवार सबैभन्दा बढी रुपन्देहीमा २१ जना रहेका छन्, भने रोल्पामा एक पनि महिला उम्मेदवार छैनन् । दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा पाँच-पाँच जना महिलाले उम्मेदवारी दर्ता गरेका छन् । कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई-दुई र अर्घाखाँची तथा प्युठानमा एक-एक महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्यून भए पनि साना दल र स्वतन्त्र उम्मेदवारबाट महिलाको सहभागिता बढी रहेको छ ।

यस क्षेत्रमा कुल ३९४ जना विभिन्न राजनीतिक दलका र २०५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्, प्रदेश निर्वाचन कार्यालय, दाङले जानकारी दिएको छ ।

दाङको निर्वाचन क्षेत्र नम्बर १ मा कुनै पनि उम्मेदवार विरुद्ध उजुरी दर्ता नभएको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?