ट्रेंडिंग:

>> मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारविरुद्ध केवल ५ उजुरी दर्ता >> डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त >> सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो >> नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो >> अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो >> मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने >> निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान >> जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास >> निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो >> निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ >> दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय >> उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली >> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा

बर्दघाट एक्सपोको तयारी तीव्र

७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

बर्दघाट, ७ माघ । 

उद्योग व्यापार सङ्घ, बर्दघाटले आयोजना गरेको बर्दघाट एक्सपो २०८२ को तयारी तीव्र पारिएको छ ।

आगामी माघ १३ गतेदेखि २५ गतेसम्म बर्दघाट नगरपालिका को हरियाली नगर स्थित बर्दघाट मण्डप एक्सपो स्थल रहेको छ ।

विगतका वर्षहरूमा बर्दघाट महोत्सवको रूपमा बर्दघाट उद्योग वाणिज्य सङ्घले आयोजना गर्दै आएको व्यापार मेलालाई पृथक्, आकर्षक र औद्योगिक एवम् व्यवसायिक रूपले सञ्चालन गर्न उद्योग व्यापार सङ्घले एक्सपो को आयोजना गरेको मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

एक्सपो को औपचारिक तयारी पत्रकार सम्मेलन पश्चात् गरिएको र पछिल्लो समय विभिन्न संघसंस्थाहरुसँग अन्तरक्रिया, सुझाव सङ्कलन र समन्वयका कार्यहरू जारी रहेको संयोजक न्यौपानेले जानकारी दिए ।

नगर भित्रका व्यवसायिक कृषक, १६ वटा वडाका वडाध्यक्ष एवम् जनप्रतिनिधि, नगरमा क्रियाशील राजनैतिक दल, नगर भित्रका बजार विकास समिति, सामुदायिक एवम् निजी विद्यालयका प्रतिनिधि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, व्यवसायी एवम् उद्योगीहरू, महिला उद्यमी, लघु उद्यमी र सामुदायिक वनका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विभिन्न सरोकारवालाहरूको सल्लाह र सुझावका आधारमा बर्दघाट नगरलाई उद्योग व्यवसाय र पर्यटन मार्फत टेवा पुर्‍याउने एक्सपो को उद्देश्य रहेको संयोजक न्यौपानेले बताए ।

सरोकारवालाहरूसँगको छलफल अन्तरक्रिया र समन्वयका तयारी भइरहँदा एक्सपो स्थलको तयारी पनि तीव्र पारिएको एक्सपो सह संयोजक दिनेश न्यौपानेले जानकारी दिए । एक्सपो स्थलमा खानेपानी, विद्युतीयकरण, अस्थायी शौचालय, मैदान व्यवस्थापनका कामहरू समेत तीव्र रूपमा अघि बढेको उनले बताए ।

अहिले एक्सपो स्थलको बाउण्ड्री घेर्ने, स्टल बनाउने, सचिवालय निर्माण लगायतको काम द्रुत गतिमा भइरहेको उनले बताए । विगतका मेला महोत्सव भन्दा यस पटक दर्शकले फरक अनुभूति गर्ने सहसंयोजक न्यौपानेको दाबी छ ।

उनका अनुसार अहिले स्थानीय उत्पादन, पर्यटकीय स्थलहरूको अवलोकन, लघु उद्यमी, साना र मझौला उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विज्ञान प्रदर्शनी लगायत रहने छ ।

दर्शक आकर्षित गर्न वाटर फाउन्टेन, सेल्फी जोनहरू, विभिन्न चर्चित कलाकार र ब्यान्डहरूको प्रस्तुति समेत रहनेछ । एक्सपो मा २ सय ४० विभिन्न स्टलहरू समेत रहने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?