ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

१० करोडको कारोबार गर्दै सकियो देवदह मेला 

७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

बुटवल, ०७ माघ ।

दशौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ ।

पुस २३ गतेदेखि माघ ६ गतेसम्म १४ दिन चलेको महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने १ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

समापन समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै मेला मूल आयोजक समिति संयोजक गणेश कुमार खातीले मेला सफलतापूर्वक सम्पन्न भएको बताए ।’ १० करोडमाथिको कारोबार गर्दै मेला सम्पन्न भएको छ ।’

संयोजक खातीले भने, एक लाख बढी दर्शकले मेला अवलोकन अवलोकन गर्नुभएको छ भने अस्थायी रूपमा मेलाले ५ सय जनाको हाराहारीमा रोजगार सिर्जना गरेको तथ्याङ्क छ ।’

‘राष्ट्रिय स्वाधीनताको लागि अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक उद्योग व्यापार सङ्घ देवदहले जनाएको छ ।

महोत्सवको समापन समारोहमा बोल्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले विगतका दिनमा भन्दा मेलाको दायरा वृद्धि भएको र आयोजकले प्रभावकारी ढङ्गले समन्वय र सहकार्य गरेको बताइन् ।

उपप्रमुख गुरुङले आर्थिक परिचालन र स्थानीय उत्पादनको बजारीकरणमा मेलाले मह«वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । नगरपालिकाले सधैझैँ मेलालाई सहयोग गर्ने प्रतिबद्धता जनाउंदै उपप्रमुख गुरुङले महोत्सव देवदहको महत्त्वपूर्ण सम्पत्तिको रूपमा विकास भएको विचार व्यक्त गरिन् ।

मेलाको समापन समारोहमा उपसमिति संयोजक, सङ्घ–संस्था, सुरक्षाकर्मी, पत्रकार, प्रायोजक, स्टलधनी तथा देवदहवासीप्रति आभार व्यक्त गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो । १० वर्षअघि सुरु गरिएको देवदह महोत्सव विभिन्न चुनौती पार गर्दै दशौँ संस्करणसम्म आइपुगेको हो । महोत्सवले व्यापार र मनोरञ्जनसँगै देवदहलाई राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको छ ।

साथै, महोत्सवअन्तर्गत सञ्चालन हुने सिङ्गिङ तथा डान्सिङ आइडल कार्यक्रमबाट स्थानीय प्रतिभाहरू राष्ट्रिय स्तरका रियालिटी शोसम्म पुग्न सफल भएको आयोजकको भनाइ छ । देवदह नगरपालिका सह–आयोजक रहेको महोत्सवमा उद्योग व्यापार महासंघ काठमाडौँ, लुम्बिनी प्रदेश, देवदह उद्योग वाणिज्य सङ्घ, देवदह व्यापार सङ्घलगायत विभिन्न सङ्घ–संस्थाको सहकार्य रहेको थियो ।

यस वर्ष महोत्सवको मुख्य प्रायोजक सूर्य इन्डस्ट्रिज प्रालि रहेको थियो भने बैंक, बीमा, उद्योग, शिक्षा र सेवा क्षेत्रका दर्जनौँ संस्थाले सह–प्रायोजन गरेका थिए ।

तीन वटा व्यावसायिक सङ्घ संस्थाले आलोपालो महोत्सव सञ्चालन गर्ने कार्यलाई पछ्याउँदै ११औँ देवदह महोत्सव आयोजना गर्न उद्योग वाणिज्य सङ्घ देवदहलाई दियो हस्तान्तरण गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ देवदहका अध्यक्ष हरी भण्डारी सहितको टिमलाई दियो हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?