© २०२३
चन्द्रौटा (कपिलवस्तु), १६ पुस ।
थारु कल्याणकारीणी सभा शिवराज नगर कमिटीको सभापतिमा प्रकाश थारु चयन भएका छन् । चन्द्रौटामा शनिबार प्रथम साधारणसभा तथा अधिवेशनबाट थारुको सभापतित्वमा नगर कमिटी चयन भएको हो ।
जसको उपसभापतिमा भूमिसरा थारु, गौतम थारु र राम किसुन थारु निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा उमेश थारु, सहसचिवमा शिव मोहन थारु, कोषाध्यक्षमा इन्दु थारु लगायतको नेतृत्वमा २१ सदस्यीय कमिटी चयन भएको हो ।
थाकस पूर्व सदस्य भोजराज थारुले थारु समुदायको हक हितका लागि आवाज उठान गर्ने संस्थाले निर्विरोध नेतृत्व चयन गरेको प्रशंसायोग्य रहेको बताए । नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै हरेक तह तप्कामा रहेको समुदायलाई संगठित बनाउनुपर्नेमा उनले जोड दिए ।
यसैबीच शिवराज नगर उपप्रमुख शिव कुमारी थारुले विगतभन्दा अहिले एकदमै सक्रिय भएको बताइन् । माघी पर्वको बेला मात्र चासो देखाउने नभएर अघिपछि पनि सक्रिय रहि समुदाय उत्थान गर्न जरुरी रहेको समेत उनले आग्रह गरिन् । उक्त कार्यक्रममा शिवराज लगायत छिमेकी पालिकाका सक्रिय युवाहरुको समेत रहेको थियो ।