ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
आज मनोनयन दर्ता 

निर्वाचन आचारसंहितामा कडाइ गर

६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

निर्वाचन आयोगले आइतबार राती १२ बजेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भए पनि निर्वाचनलाई प्रभावित गर्ने कुनै पनि प्रकारको गतिविधि गर्न पाइँदैन । विगतमा निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै प्रश्न उठेको थियो ।

आचारसंहिता विपरीत सरकारले कुनै पनि प्रकारको गतिविधि गर्न पाइँदैन । नियम सबैको लागि समान हो । सानालाई लाग्ने नियम ठुलालाई पनि लाग्छ । आचारसंहितालाई बेवास्ता गर्दै नियम विपरीत दलका गतिविधि कुनै पनि अवस्थामा मान्य हुन सक्दैन ।

विगतकै सन्दर्भको कुरा गर्दा मन्त्रीहरूले पहुँचको आधारमा आफ्नो निर्वाचन क्षेत्रमा करोडौँ रुपियाँ बजेट बाँड्ने काम भएको थियो । त्यो अवस्था अव नआओस् । त्यस्तै आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानको लागि सरकारी गाडीमा कार्यकर्ता पठाउने काम अव हुनुहुँदैन ।

सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भ्रातृ सङ्गठन लगायतलाई आयोगले आचारसंहिता लागू गरेको छ । आचारसंहिता पालना गर्नु सबैको दायित्व र कर्तव्य हो ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षणलगायत गतिविधि गर्न रोक लगाइएको छ । विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोगले उम्मेदवारलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । आयोगबाट जारी आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा अर्धसरकारी संस्था एवं कर्मचारी, संवैधानिक निकाय, सुरक्षा निकाय र निर्वाचनमा संलग्न कर्मचारीलाई लागु हुने छ ।

यस्तै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिलाई आचारसंहिता लागु हुने छ । सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र अनुगमनकर्ता तथा पर्यवेक्षकलाई पनि आचारसंहिता लागू हुने छ । निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी, विकास साझेदार संस्था, सामुदायिक विद्यालय, विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, निजी तथा गैरसरकारी संस्था, पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, शिक्षक तथा कर्मचारी र मतदातालाई पनि लागू हुने छ ।

आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिवाना गर्न तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निर्वाचन कसुर मानिने कार्यको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने छ ।

अबको दिनमा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निर्वाचन आयोगले अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । भोलिको दिनमा आचारसंहिता विपरीत हुने गतिविधिमा नियन्त्रण हुनै पर्दछ ।

लागू भएको आचारसंहिता विपरीत जाने छुट कसैलाई पनि छैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयनमा ल्याउने दायित्व र जिम्मेवारी निर्वाचन आयोगको हो । अझै पनि निर्वाचन नहुने हो कि भन्ने संशय कतै छ भने त्यो असम्भव छ ।

निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर मात्रै अबको गतिविधि गर्नुपर्दछ । निर्वाचन सफल बनाउने हो भने सरकारले निर्वाचन आयोगलाई कुनै पनि साधन–स्रोतको कमी हुन दिनुहुँदैन ।

तोकिएकै मितिमा निष्पक्ष र धाँदलीरहित किसिमले आमजनताले आफ्ना जनप्रतिनिधि छान्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न दलहरू पनि लाग्नुपर्छ । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व र चुनौती पनि सरकारको अगाडि खडा भएको छ ।

निर्वाचन सफल बनाउन राजनीतिक दलहरू पुनः एकै ठाउँमा उभिनुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?