© २०२३
बाँके । बाँकेको क्षेत्र नं. २ मा काका भतिज भिड्ने भएका छन् । जनता समाजवादी पार्टी नेपालबाट काका मोहम्मद कमरुद्दिन राई र नेकपा एमालेबाट भतिज मोहम्मद ईस्तियाक राई भिड्ने भएका छन् ।
एउटै पार्टीबाट राजनीतिमा उदाएका दुबैजना बाँके जिल्लामा आफ्नो पकड बनाएका नेताका रुपमा चिनिन्छन् । २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यको चुनावमा जित हात पर्दै ईस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । त्यसपछि २०७९ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा राप्रपाका उम्मेदवार धवल शम्शेर राणासँग पराजित भएका थिए ।
जनता समाजवादी पार्टीबाट हालैमात्रै नेकपा एमाले प्रवेश गरेका उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व उपमेयर मोहम्मद कमरुद्दिन राई जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् । केन्द्रीय सचिव समेत भइसकेका उनी २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा भतिजा ईस्तियाक राईलाई जिताउन अगुवाई गरेका थिए । उनी आफै जिल्ला अध्यक्ष भएको बेलामा समेत उपमहानगरको उपमेयरमा जितेका थिए ।