© २०२३
बाँके, ५ पुस ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई पदबाट राजीनामा दिने भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव लड्नका लागि उपमेयर पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।
उपमेयर राई पदबाट आजै राजीनामा दिएर चुनावी मैदानमा आउने बताएका छन् केही बेरमा पत्रकार सम्मेलन गरेर अधिकारीक रूपमा जानकारी गराउने तयारी भइरहेको उपमेयर राईले बताए ।
उनले भने— मधेसको मुद्दाको लागि विभिन्न व्यक्तिहरूले अवसर लिएको र अवसर पाएपछि मधेसको मुद्दा भुल्ने भएकोले आफू मधेसको मुद्दालाई अघि बढाउनकै लागि भए पनि उपमेयर पदबाट राजीनामा दिएर चुनाव लड्ने बताएका छन् ।