© २०२३
जितपुर: कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अधिवेशनबाट अध्यक्ष पदमा विष्णु प्रसाद न्यौपाने सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा जीवन सुवेदी, महासचिवमा भिष्मराज भुसाल, सचिवमा सूर्य प्रसाद बराल र कोषाध्यक्षमा गोपालमणि ज्ञवाली निर्वाचित भएका छन्।
त्यसैगरी विकास समितिको कार्यसमिति सदस्यहरूमा मिना कुमारी सेन, दलबहादुर कुँवर, दुर्गा सिंह थापा, मुक्तिराम कँडेल, नेत्र बन्जाडे, अनिल राज आचार्य, दिनानाथ पाण्डे र लक्ष्मण प्रसाद शर्मा निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।
शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद न्यौपानेले कपिलवस्तु सामुदायिक अस्पताललाई जनमैत्री, पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक अस्पताल स्थानीय जनताको भरोसाको केन्द्र भएको उल्लेख गरेका थिए ।