© २०२३
काठमाडौँ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका छन् । यो कुरा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुष्टि गरे ।
डा. काफ्ले अघिल्लो वर्ष फागुन २६ गते मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनका राजीनामा स्वीकृत गर्ने विषयमा मन्त्रिपरिषद्ले छलफल गर्ने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ । सरकारले आवश्यक बजेट उपलब्ध गराउन नसक्दा बोर्ड आर्थिक सङ्कटमा परेको छ । समयमै भुक्तानी नहुँदा ठूला सरकारी अस्पतालहरूले बीमा सेवा बन्द गर्न थालेका छन् ।