ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सुरक्षित आवास निर्माण र जोखिमयुक्त संरचनाको पहिचानमा जोड

२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

सल्यान, २ माघ ।

सचेतनामूलक नारासहितको र्‍याली निकालेर तथा कोणसभा गरेर सल्यानमा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी, सुरक्षित निर्माण र जनचेतनाको महत्वबारे जानकारी दिने उद्देश्यले २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा शुक्रबार सदरमुकाम खलङ्गास्थित बसपार्क डाँडा गाउँबाट र्‍याली निकालिएको थियो ।

उक्त र्‍याली टुँडिखेल हुँदै पुरानो बसपार्क चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तह र समुदायबिच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

यस्तै शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका मन्त्री इन्द्र कुमार शर्मा लगायतले बोल्दै भूकम्पबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनमा ध्यान दिनुपर्ने र विपद् पूर्व तयारीमा सरकारी निकाय मात्र नभई सर्वसाधारण नागरिक समेत सचेत र सक्रिय हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

भूकम्प प्राकृतिक विपद् भए पनि अव्यवस्थित बसोबास, भवन संहिताको उल्लङ्घन तथा मानवीय लापरबाहीका कारण ठुलो जनधनको क्षति हुने गरेको भन्दै कार्यक्रमका सहभागीहरूले सुरक्षित आवास निर्माण, जोखिमयुक्त संरचनाको पहिचान तथा समुदाय स्तरमा नियमित अभ्यास र तालिमको आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?