Butwal Today

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२ माघ २०८२, शुक्रबार
अ+
अ-

लमही ।

देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही नगरपालिका–७ स्थित नयाँ बस्ती नजिक दुर्घटना भएको हो । लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटना बिहीबार बेलुका करिब ५ः३० बजेतिर भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल विशाल चौधरीले चलाएका थिए । दुर्घटनामा बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार, मोटरसाइकलमा विशालसँगै सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी तथा बस धनी सुशील वली घाइते भएका छन् ।

घाइतेहरूको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?