ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

माघे सङ्क्रान्तिमा रिडीको आस्था र रौनक

१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

गुल्मी, ०१ माघ ।

गुल्मीको पवित्र धार्मिक स्थल रिडीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि बिहीबारदेखि माघे सङ्क्रान्ति मेलाको सुरु हुने भएको छ ।

मेलाको सम्पूर्ण तयारी पुरा भएसँगै बुधबारदेखि रुरुक्षेत्रमा आउने व्यापारी र श्रद्धालुहरूको चहलपहल समेत सुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थल रुरु क्षेत्रको रिडी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

रिडीमा आयोजना हुने मेलाले देशभरका धार्मिक पर्यटकलाई आकर्षित गर्दै आएको छ । मेलालाई व्यवस्थित बनाउन काली गण्डकीमा स्नानघाटको सरसफाइ गरी नुहाउनका लागि थप सहज बनाइएको छ ।

वाल उद्यान, हस्तकला तथा कृषि सामग्री प्रदर्शनी स्थल, यातायात व्यवस्थापन, शौचालय निर्माण, खोला तर्नका लागि अस्थायी पुल निर्माण, पर्यटक हब बनाउनका लागि खोला थुनेर रुरुताल निर्माण, सांस्कृतिक कार्यक्रमको लागि मञ्च व्यवस्थापन, व्यापारका लागि आवश्यक स्टलहरू निर्माण लगायत विभिन्न संरचनाहरू निर्माण भैसकेको गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष एवं मेला व्यवस्थापन समितिका संयोजक ताराप्रसाद सुबेदीले जानकारी दिएका छन् ।

काली गण्डकी र रिडी खोलाको सङ्गम स्थल रिडी क्षेत्र हिन्दु धर्मावलम्बीका लागि विशेष तीर्थस्थलको रूपमा परिचित छ ।

माघे सङ्क्रान्तिका अवसरमा यहाँ स्नान, दान तथा पूजाआजा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण गुल्मी, पाल्पा, स्याङ्जा, बागलुङ, अर्घाखाँची लगायत छिमेकी जिल्लाबाट मात्र होइन, काठमाडौँ, पोखरा, बुटवल जस्ता ठुला सहर तथा भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति हुने गर्दछ ।

रुरुक्षेत्र गाउँपालिका मुख्य संरक्षक रहेको उक्त मेला गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाको आयोजनामा छ दिनसम्म सञ्चालन हुन लागेको हो । रूरू क्षेत्रलाई ऋष्यहरूको तपो भूमिका रूपमा चिनिन्छ ।

सङ्क्रान्तिको दिन तिन जिल्लाको सङ्गम स्थल काली गण्डकी नदीमा स्नानगरि नजिकै रहेको भगवान् ऋषिकेषको मन्दिरमा पूजाआजा र दर्शन गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । काली गण्डकीमा स्नान गर्नाले आफूले अनजानमा गरेका सम्पूर्ण पापहरू नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ ।

रुरुक्षेत्र नेपालकै चारधाम मध्यको एक धाम मानिन्छ । रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोया वाट निर्मित सामग्रीहरूका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलामा व्यापारका लागि प्युठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँबाट व्यापारीहरू यति बेला रिडीमा आइपुगेका छन् ।

मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत राखिने भएको छ । रिडी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्त्वले गर्दा यो क्षेत्र पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै जान थालेको छ ।

माघे सङ्क्रान्ति मेलाले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा थप उजागर गर्ने विश्वास लिइएको छ । आयोजकले मेलालाई भव्य, सभ्य, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै सम्पूर्ण श्रद्धालुहरूलाई सहभागिताका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?