Butwal Today

तेह्रथुम सेवा समाज कतारले २१औँ वार्षिकोत्सव मनाउँदै 

३० पुष २०८२, बुधबार
अ+
अ-

दोहा, कतार ।

तेह्रथुम सेवा समाज कतारले आफ्नो २१औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । समाजले आगामी शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा वार्षिकोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरूको उत्कृष्ट सांगीतिक प्रस्तुति तथा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ । कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष महेन्द्र उप्रेतीले जानकारी दिए ।

समाजले वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरेको छ ।

तेह्रथुम सेवा समाज कतारले स्थापना कालदेखि नै वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका तेह्रथुमवासीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । साथै, कतार तथा मातृभूमि तेह्रथुममा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

“सम्पूर्ण तेह्रथुमेलीहरूको चाहना, समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको तेह्रथुम सेवा समाज कतार, कतारमा क्रियाशील एक सामाजिक संस्था हो ।