ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मृत्यु मार्गमा म्याद थपको खेल 

२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

सिद्धबाबा सुरुङ मार्ग निर्माणको क्रममा निर्माण पक्षले निर्धारित समयभित्रै काम सम्पन्न गर्न नसक्ने भन्दै निर्माणको समय दुई वर्ष थप गर्न सरकारमाथि दबाब बढाएको छ ।

केही दिनअघि सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम अवलोकन गर्न आएका भूतपूर्व भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले दुई वर्ष म्याद थपको प्रस्ताव निर्माण पक्षबाट गरिएको सूचना चुहाएका थिए ।

निर्धारित मितिमै सुरुङ निर्माणको काम सम्पन्न गर्ने यसअघिको प्रतिविद्धताबाट निर्माण कम्पनी पछि हटेको छ । अबको करिब एक वर्षभित्रै निर्माणको काम सम्पन्न गरि सञ्चालन हुने अपेक्षा गरिएको यो मृत्यु मार्ग निर्माणमा ढिलाइ हुनु चिन्ताको कुरा हो ।

गत वर्ष नै सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग निर्माणले ‘ब्रेक थ्रु’ गरिसकेको छ । अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न भैसकेको छ । तर, निर्माणको सुरुवातमा जुन उत्साह थियो, समय वित्दैगर्दा आलस्यता आउनु आयोजनाको म्याद थप गर्ने योजना हो भन्दा अत्युक्ति हुँदैन ।

सिद्धबाबा सुरुङ मार्ग छिचोलिन अब ८ मिटर मात्रै बाँकी रहेको छ । सिद्धबाबा सुरुङ मार्ग योजनाका अनुसार उत्तर तर्फबाट ४७७ मिटर र दक्षिणबाट ६०४ मिटर खनिएको छ । सुरुङ मार्गमा दुई वटा बाइपास यसअघि नै ‘ब्रेक थ्रु’ भएका छन् ।

अव यो सडकमा अर्को वर्ष ठिक यही बेलामा सवारी साधन सञ्चालन गर्न सकिने सम्भावनामाथि ब्रेक लागेको छ । निर्माण कम्पनीले रुख कटान, लगायत सुरुङभित्रको प्राविधिक काममा ढिलाइ हुने हुँदा समय लम्बिने दाबी गरेको छ ।

सुरुमा निर्माण कम्पनी चाईना स्टेट इञ्जिनियरिङ कर्पोरेशनले यो सुरुङ मार्ग निर्माण निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने बाचा गरेको थियो तर त्यो बाचाबाट अहिले आफू पछि हटेको छ । बुटवल नारायणगढ सडक आयोजनाको निर्माण पनि यही कम्पनीले गरेको छ ।

तसर्थ त्यहाँ जस्तै गरि यहाँपनि म्याद थप गरेर आयोजनाको समय लम्ब्याउने र लागत बढाउने खेलमा लागेको छ । यदि यो प्रयास हो भने त्यो सरासर गलत छ । बुटवलदेखि पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पोखरासम्म जाने सवारीका साधनको मूख्य गन्तब्य यही सिद्धवावाको जोखिमयुक्त सडक नै भैरहेको अवस्थामा बढ्दो मानवीय क्षति कम गर्न सुरुङ मार्गले ठूलो भूमिका खेल्ने छ भन्ने विश्वास गरिएको छ ।

तर पछिल्लोसमय आएको समाचारले चिन्ता थपिएको छ । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म पहिरोकै कारण सयौं मानिसले ज्यान गुमाएका छन् । त्यही भएर यहाँ सुरुङको आवश्यकता परेको हो । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ ।

अझैपनि बर्षेनी यो सडकमा मानवीय क्षति हुने क्रम रोकिएको छैन् । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । यो सुरुङ मार्ग निर्माणको काम सुरु भएपछि आम जनताले खुसीको अनुभूति गरेका थिए ।

अव सुरुङ सञ्चालन हुने वातावरणले विशेषगरी सवारी साधनहरूलाई बुटवलदेखि पहाडी जिल्ला जान र आउन सहज हुने विश्वास गरिएको छ । यद्यपि एकदिन सुरुङ मार्ग निर्माण सम्पन्न हुनेछ । तर, निर्माणमा हुने ढिलाइ यो क्षेत्रमा थप मानवीय क्षति हुने चिन्ता पनि उत्तिकै छ ।

सुरुङ मार्ग निर्माणको काम तीन वर्षभित्रमा सम्पन्न हुने आशा गरिएको थियो । नेपालमा निर्धारित मितिमा कुनैपनि आयोजना सम्पन्न भएको उदाहरण धेरै छैन । तरपनि यो सुरुङ मार्ग निर्माण निर्धारित मितिमै सम्पन्न भएर सञ्चालनमा आउने आशा गरिएको हो ।

त्यो विश्वास निर्माण कम्पनीले दिलाएको थियो तर विभिन्न कारण देखाएर यसलाई लम्ब्याउने खेल सुरु भएको छ । यस्तो काम नहोस् । वर्षौंदेखि भोगिरहेको पहिरोको जोखिम र सास्तीबाट चाँडै मुक्ति पाउने यस क्षेत्रका जनताको अपेक्षामाथि तुषारापात हुनुहुँदैन ।

यो सुरुङ मार्गले बुटवलमात्र होइन समग्र काठमाण्डौं पश्चिमको तथा लुम्विनी प्रदेश वरिपरिको सामाजिक र आर्थिक पक्षमा निकै सकारात्मक प्रभाव पार्ने सम्भावना उजागर गरेको छ ।

जसरी यसको समय अघि नै ब्रेक थु्र भएको थियो, सोही रफ्तारमा काम अघि बढाऊ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?