Butwal Today

दाङमा बस दुर्घटना, ८ जना घाइते  

२७ पुष २०८२, आइतबार
अ+
अ-

दाङ, २७ पुस ।

दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् ।

दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावत गाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटनामा हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।  गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आइतबार दिउँसो करिब १२ः३० बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?