Butwal Today

तानसेन नगरपालिकाको १८ औँ नगर सभा सम्पन्न 

२४ पुष २०८२, बिहीबार
अ+
अ-

पाल्पा, २४ पुस ।

तानसेन नगरपालिकाको १८ औँ नगर सभाको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ ।

सभामा नगर तानसेन नगरपालिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन विधेयक उप प्रमुख प्रतीक्षा सिंजालीले पेस गरिन  । उनले नगरपालिकाको साबिक विनियोजन १ अरब छ्यालीस करोड ५० लाख छ्यानब्बे हजार ८०७ रुपैयाँ मध्ये १ अरब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैयाँ संशोधित विनियोजनका लागि नगर सभामा पेस गरिन  ।

त्यस्तै नगर सभा सदस्य तथा तानसेन नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष महेश्वर श्रेष्ठले तानसेन नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरे ।

तानसेन नगरपालिका क्षेत्र भित्र विज्ञापन करको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक “विज्ञापन कर व्यवस्थापन तथा नियमन विधेयक,२०८२” वार्ड नम्बर ४ का वार्ड अध्यक्ष हेमन्तराज शाक्यले प्रस्तुत गरे ।

नगर सभामा उपप्रमुख प्रतीक्षा सिंजालीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरिन  । सभामा प्रस्तुत सम्पूर्ण विधेयक सर्वसम्मतले पारित भयो । सभाको शून्य समयमा नगर सभा सदस्य माधव बस्यालले जिज्ञासा राखेका थिए ।

भने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले उठेका विषयमा जबाफ दिएका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?