Butwal Today

राष्ट्रिय सभा निर्वाचनका लागि जनमोर्चाको उम्मेदवारी दर्ता

२३ पुष २०८२, बुधबार
अ+
अ-

दाङ, २३ पुस ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गरेको छ। प्युठानका बोमबहादुर खत्री र पदमा पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्युठानको मल्लरानी गाउँपालिका– २ निवासी खत्रीले ‘अन्य’ र प्युठान नगरपालिका– ८ निवासी पदमा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

खत्रीको प्रस्तावकमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का र समर्थकमा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ छन् भने पण्डितको प्रस्तावकमा भूमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापा र समर्थकमा स्वर्गद्वारी नगरपालिका उपप्रमुख मीनराज राना मगर छन् ।