© 2026
दाङ, २३ पुस ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विभिन्न क्लस्टरमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
लुम्बिनी प्रदेशमा रिक्त अपाङ्गता, अन्य तथा महिला क्लस्टरमा पार्टीले उम्मेदवारी दर्ता गरेको हो । अपाङ्गता क्लस्टरतर्फ बाँके बैजनाथ–५ निवासी सर्जन विकले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य दीपेन्द्र घर्ती रहेका छन् भने समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा रहेकी छन् ।
यस्तै, अन्य क्लस्टरतर्फ रुपन्देहीका बृहस्पति अधिकारीले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य यमबहादुर नेपाली रहेका छन् भने समर्थकमा प्रदेश सभा सदस्य मीना बुढा रहेकी छन् ।
महिला क्लस्टरतर्फ पाल्पाकी दुर्गा भण्डारीले मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा इन्द्र जीत चौधरी रहेका छन् भने समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमप्रसाद शर्मा रहेका छन् ।