ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु समुदायमा माघीको तयारी तीव्र

२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

दाङ, २३ पुस । 

थारु जातीको महान पर्व माघीको तयारीले गर्दा रौनकता छाएको छ ।

माघे सङ्क्रान्ति नजिकिएसँगै दाङ जिल्लाका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । घरबाट बाहिर रहेकाहरू माघी मान्नका लागि घर आउन थालेका छन् । थारुहरूले माघीलाई नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । थारु स्वमत २६४९ को रूपमा यो पर्वलाई यस वर्ष मनाउँदै छन् ।

अहिले थारु बस्तीहरूमा खानपिन र नाचगानको तयारी भइरहेको छ । घोराही उपमहानगरपालिका १७ गैरागाउँका राजमोती चौधरीले माघ नजिकिँदै गर्दा तयारी पनि भइरहेको बताइन् ।

माघी पर्व आउनु भन्दा एक महिना अघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि वनबाट पात ल्याउने र दुना टपरी खुट्ने काम गरिरहेको बताइन् । गाउँको समूहको घरमा नाच सिक्ने गरेको उनले बताइन् ।

प्रत्येक दिन बेलुका ७ बजे जम्मा हुन्छौँ ९ बजेसम्म नाच सिक्छौँ उनले बताइन् । माघी मान्नका लागि घरबाहिर रहेका सदस्य घरमा आउँछन् गाउँघर नै रमाइलो हुन्छ ।

माघीका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही–७ का सुन्दर चौधरीले बताए । उनले भने,“माघीको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन् ।

गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठुलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।” खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ ।

यो खिचडी पूर्खा, देवीदेवता र चेलीवेटीका लागि छुट्टाइएको हुन्छ । छुट्टाइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रूपमा चेलीवेटीका घरमा पुउने प्रचलन रहेको चौधरीले बताए ।

माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच श्रृङगार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक केबी चौधरीले बताए ।

उनले भने, “माघमा महाभारत, रामायणका कथामा आधारित गीत गाउने प्रचलन रहेको छ ।” माघमा गाउने गीत र नाच लाई मघौटा नाच भनिएपनि यसमा विविधता रहेको हुन्छ ।

थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने थारु कल्याणकारी सभा दाङका अध्यक्ष अशोक चौधरी बताउँछन् । पुस महिनामा तयारी गरेर माघमा रमाइलो गर्ने गरेको उनकोे भनाइ छ “माघ मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ ।

माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपाती लगाएतका अन्य व्यवहारहरूको नविकरण गरिन्छ” चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?