ट्रेंडिंग:

>> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार

स्वामी लोकानन्दको ५५ औ प्रकट दिवस

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

बुटवल, १५ पुस

बुटवल नयागाउमा मुक्तिनाथ धामको स्थापना गरि धार्मिक पर्यटनको विकासमा योगदान दिएका धामका पिठाधिस ब्रह्मनिष्ठ १००८ लोकानन्द स्वामीको ५५ औ प्रकट दिवस मनाईएको छ । बिहिबार रुपन्देहीका विभिन्न धार्मिक संघसंस्था, समाजसेवीहरुको उपस्थितिमा धाम परिसरमा शुभकामना, आरती, भजनकृतनसहित विविध कार्यक्रम प्रकट दिवस भब्य रुपमा मनाईएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य लिला गिरि, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, निवर्तमान नगरप्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गोमा आचार्यले हिन्दु धर्मको महत्वलाई बुझाउने र यसको प्रचारप्रसारमा स्वामीको योगदानको चर्चा गरेका थिए । धर्मावलम्बीहरुका एक पवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरको स्वरुप बुटवलका साथै धनगढी, नेपालगंजको बासगढी, कपिलबस्तुमा २५ बिगाहा क्षेत्रमा गुरुकुल संचालनमा ल्याएर नमुना काम भएको छ । कपिलबस्तुमा वृद्धाश्रम समेत संचालनको तयारी रहेको छ । देशभित्र नै धार्मिक पर्यटक भित्राउने गरि पुर्वाधार विकासमा स्वामीको योगदान रहेको उनिहरुले बताए । कार्यक्रममा प्रचारप्रसार संयोजक गोपाल पाण्डेले दीर्घकालिन सोच र संकल्प भएमा योजनाहरु छोटो समयमा पुरा हुने बताए । पत्रकारीता क्षेत्रबाट धार्मिक पर्यटनमा योगदान पुर्‍याउनेलाई मुक्तिनाथ धामले वितरण गर्ने मुक्तिनाथ पत्रकारीता पुरस्कार २०७९ बाट पाल्पाका पत्रकार भुवन रायमाझीलाई सम्मान गरिएको छ ।
हाल नयागाउमा मुक्तिनाथ मन्दिर, मुक्तिनाथबाट ल्याएको अखण्ड दीप, अखण्ड यज्ञशाला, गणेश मन्दिर, बिशाल शिवलिङ, आरती भवन, गौशाला, हवन यज्ञका साथै तिर्थालु बस्न मिल्ने एक सय जना क्षमताको कक्षहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?