Butwal Today

सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

२० पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

सुनचाँदीको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर आज तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसअघि चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँ थियो ।