© २०२३
सन्धिखर्क, १५ पुस ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका भित्रका ३ विद्यालयमा दलित तथा विपन्न छात्रवृत्ति अक्षयकोषको स्थापना गरिएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ नाङ्गेठाटी कोटफेरा स्थायी घर भै हाल भारतको नागाल्याण्डमा सेवारत डाक्टर बिष्णु फीलीप परियार र उनकी धर्म पत्नीले विद्यालयमा दलित तथा विपन्न छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन् ।
बाल्यकालमा अध्ययन गरेका विद्यालय सरस्वती आधारभुत विद्यालय सन्धिखर्क नगरपालिका ४ नाङ्गेठाटीमा रु एक लाख पाचसय ५५, सन्धिखर्क नगरपालिका ५ मा रहेको जीवनोद्वार माध्यमिक विद्यालयमा रु एकलाख एकहजार १११ र जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क नगरपालिका २ मा रु एकलाख रुपैयाँ बराबरको दलित तथा विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।
अक्षय कोषको स्थापना गर्दै डा परियारले आफ्नो बाल्यकाल दुखसँग बितेको र कक्षा ५ मा पढ्दा किताब किन्न नसकेर अरुको किताब पढेर परीक्षा दिएको भन्दै यस्तो परिस्थिति अहिलेका विद्यार्थीलाई भोग्नु नपरोस् भन्दै अक्षयकोषको स्थापना गरिएको बताए । उनले विद्यार्थीहरुलाई प्रोत्साहन र शिक्षाक्षेत्रमा सहयोग स्वरुप उक्त अक्षयकोष स्थापना गरेको बताएका छन् ।
कार्यक्रममा डा परियार र उनकीे धर्मपत्नी जुवि चुलाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा माला र खादाद्वारा सम्मान गरिएको थियोे ।
तीनवटै विद्यालयमा कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, सम्बन्धित वडा अध्यक्ष तथा वडा सदस्यहरु, समाजसेवी विशिष्ट व्यक्तिहरु शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।